अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देवराज घिमिरेलाई हरेक घरघरका मानिसले चिन्छन् : अध्यक्ष ओली

देवराज घिमिरेलाई हरेक घरघरका मानिसले चिन्छन् : अध्यक्ष ओली


काठमाडौं -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा २ का उम्मेद्वार देवराज घिमिरेलाई घरघरका मानिसले चिन्ने बताउनुभएको छ ।
आज सुखानीको सालबाडी पार्कमा आयोजना गरिएको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले घिमिरे राजनीतिमा ४७ वर्ष बिताए पनि अहिलेसम्म अवसर नपाएको बताउनुभयो । ‘देवराज घिमिरेलाई राजनीति गरौं गरौं जस्तो लागेर,माननीय हौं हौं जस्तो लागेर एकैचोटी आएको मान्छे होइन’ अध्यक्ष ओलीले भन्नुभयो ‘उहाँ वर्षौं अघि नै मेची अञ्चलका चारै जिल्लाका आधा भन्दा बढी घरमा पुग्नु भएको छ ।’ अध्यक्ष ओलीले देवराज घिमिरेले यहाँ घरदैलो गरिरहनु पर्ने आवश्यकता नभएको ओलीले बताउनुभयो । ‘सबैले चिन्नेछन्,सबैले चिनेकै छन्’ अध्यक्ष ओलीले भन्नुभयो ‘यहाँका सबै दैलाले देवराजलाई चिन्छन् ।’
देवराज घिमिरेले परिवर्तनका लागि योगदान गरेको र परिवर्तनका लागि काम गर्ने अवसर सृजना गरेको ओलीले बताउनुभयो ।