अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

डोटी भूकम्प-मृत्यू हुनेको संख्या ६पुग्यो,थप क्षतिको विवरण आउँदै

डोटी भूकम्प-मृत्यू हुनेको संख्या ६पुग्यो,थप क्षतिको विवरण आउँदै


धनगढी – मध्यरातमा पश्चिम नेपालमा गएको भूकम्पको कारण मृत्यू हुनेको संख्या ६ जना पुगेको छ ।
बिहान २ बजेर १२ मिनेटमा गएको भूकम्पले घर भत्किँदा डोटीको पूर्वचौकी गाउँपालिका ३ का ६ जनाको मृत्यु भएको गाउँपालिका अध्यक्ष रामप्रसाद उपाध्यायले जानकारी दिनुभयो । भूकम्प आँउदा भाग्ने क्रममा आफ्नो गाउँमा कम्तीमा १५ जना घाइते भएको उपाध्यायले जानकारी दिनुभयो । अन्यतिरको जानकारी आफूलाई नभएको उहाँले बताउनुभयो ।

२ बजेर १२ मिनेट जाँदा खप्तड राष्ट्रिय निकुञ्ज ९खप्तड बाबाको आश्रम० केन्द्रबिन्दु बनाएर ६.६ रेक्टरको भूकम्प गएको हो । पश्चिम नेपालका अधिकांश ठाउँमा भूकम्पको धक्का महसुस भएको छ ।

यसअघि मंगलबार राति ९ बजेर ७ मिनेटमा डोटी केन्द्र विन्दु भएर ५.७ रेक्टरको भूकम्प गएको थियो ।

गैरागाउँमा करिब १० घर भत्किएको र पटकपटक पराकम्प गएपछि स्थानीय त्रसित छन् । उनीहरू चिसोमा खुला आकाशमुनि रात बिताइरहेका छन् ।