अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भूकम्प पीडित परिवारलाई राहत दिन एमालेको माग

भूकम्प पीडित परिवारलाई राहत दिन एमालेको माग


धनगढी – डोटीमा भूकम्पले घर भत्किँदा पुरिएर मृत्यु भएका सबैका परिवारलाई राहत र क्षतिपूर्तिको व्यवस्था गर्न नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले सरकारसँग माग गरेको छ ।

एमाले प्रदेश इन्चार्ज लेखराज भट्टले एक विज्ञप्ति जारी गर्दै तत्काल आवश्यक राहत र पुनर्स्थापनामा जोड दिन सरकारसँग माग गर्नुभएको हो । उहाँले घाइतेहरूको निःशुल्क उपचारको प्रबन्ध मिलाउन समेत माग गर्नुभएको छ ।

आज बिहान २:१२ मिनेटमा डोटीको खप्तड राष्ट्रिय निकुञ्ज आसपास केन्द्रबिन्दु भएको आएको ६.६ म्याग्नेच्युटको भूकम्पले डोटीमा ठूलो क्षति पुर्‍याएको छ ।

भूकम्पले घर भत्किँदा पूर्व चौकी गाउँपालिका गैरामा ६ जनाले ज्यान गुमाए अहिले पनि घाइतेहरू अस्पतालमा छन् ।

Skip This