अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

१७ हजारले ज्यान गुमाउनुको स्पष्ट कारण खोई : अध्यक्ष ओली

१७ हजारले ज्यान गुमाउनुको स्पष्ट कारण खोई : अध्यक्ष ओली


झापा– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी नेतृत्वले ठूला  क्रान्तिका सपना बाढेर १७ हजारले ज्यान गुमाउनुकोे उपलब्धी र कारण आज नेपाली जनताले खोजिरहेको बताउनु भएको छ ।

बुधबार झापाको दमकमा आयोजित बृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले नेपाली जनताले नेकपा माओवादीको नेतृत्वसँग के उदेश्यका लागि १७ हजार नेपाली जनताले ज्यान गुमाउनु परेको बताउनुभयो । उहाँले क्रान्तिका जनयुद्ध जस्ता विभिन्न नाम दिएर ठूला–ठूला सपना देखाएर यति नेपाली जनताले ज्यान गुमाउनु परेको हो ? आखिर यो सब केका लागि थियो स्पष्ट जवाफ दिनुपर्नेमा जोड दिनुभयो । मृत्यु हुने मात्र होइन वेपत्ता र घाइतेको अवस्था समेत उस्तै दर्दजनाक रहेको छ ।

माओवादी विभिन्न गठबन्धन गरेर यिनको पीडा मर्म भावनामा चोट पुग्ने गरी आफ्ना नातागोता पोस्ने कमाउ धन्दामा लागेको बताउनुभयो । क्रान्ति भनेर जनता उचाल्ने पार्टी नै सक्तामा पुगे पनि द्वन्द्वकालका कैयन घाइतेले उपचार नपाएर बसेका थिए । उनीहरूको नेकपा एमालेको नेतृत्वमा सरकार बनेपछि उनीको उपचार र भक्ताको व्यवस्था गरिएको बताउनुभयो ।

अध्यक्ष ओलीले अब देश विकासको जिम्मा एमालेले लिएको बताउनु भएको छ । एमाले नेतृत्वको सरकार हुनु भन्दा अघि पनि विभिन्न सरकार बने पनि विकास निर्माणको गति एमालेले नेतृत्व सरकार भए पछि मात्र लिएको उहाँको भनाइ छ ।

आफ्नो गृह क्षेत्र झापा क्षेत्र–५ को दमकमा आयोजीत बृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधनका क्रममा उहाँले देशमा विकासको मार्ग रेखा एमालेले नै कोरेको भन्दै बाँकी विकास निर्माणको कार्यभार पनि एमालेलेनै पूरा गर्ने पनि बताउनुभयो । नेपालमा औद्योगीकरण, गरीबी निवारण, पर्यटन क्षेत्रको विकास जस्ता कुराहरूमा एमालेको अगुवाई रहँदै आएको भन्दै ओलीले आगामी चुनावमा एमालेलाई विजयी गराई देश विकासको जिम्मा एमालेलाई दिएर ढुक्क हुन समेत उहाँले आग्रह गर्नुभयो ।

एमालेका कुनै पनि जनप्रतिनिधिले जनविरोधी कार्य गरे वा भ्रष्टाचार गरे त्यसको जिम्मेवारी एमालेले लिने भन्दै उहाँले ढुम्क भएर एमालेलाई विजयी गराउन समेत उहाँले आग्रह गर्नुभयो । हल्ला र भ्रमका पछि नलागी नेपाली जनताको पक्ष र देशको पक्षमा रहेको एमालेलाई प्रतिनिधिहरूलाई निर्वाचित गराउन आग्रह गर्दै एमाले अध्यक्ष ओलीले देशमा कहाँ कुन विकासको खाँचो छ त्यसलाई एमालेले पूरा गर्ने पनि बताउनुभयो । एमालेमा बढेको पार्टी प्रवेशको लहरले अरु धेरै पार्टीहरुमा भुईचालो र पहिरो गएको समेत ओलीले बताउनु भयो ।

Skip This