अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झापामा १४८ जना कैदीबन्दीले मतदान गर्न पाउने

झापामा १४८ जना कैदीबन्दीले मतदान गर्न पाउने


झापा – आसन्न मङ्सिर ४ गते हुने निर्वाचनमा झापा कारागारमा रहेका कैदीबन्दीमध्ये १४८ जनाले मतदान गर्न पाउने भएका छन् । कारागारका एक हजार ४२७ जना कैदीबन्दी रहेका जनाइएको छ।

मतदाता नामावलीमा नाम भएका कैदीबन्दीले मात्र प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ मतदान गर्न पाउने निर्वाचन कार्यालय झापाले जनाएको छ ।

कार्यालयका प्रमुख तुलसीप्रसाद नेपालले कारागार परिसरभित्रै अस्थायी मतदान केन्द्र स्थापना गरेर उनीहरुलाई मतदानको व्यवस्था गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “कैदीबन्दी धेरै भए पनि मतदाता नामावलीमा एक सय ४८ जनाको नाम छ । नाम भएकाले मात्र मतदान गर्न पाउनुहुन्छ ।”

कारागारमा हाल एक हजार दुई सय ४५ पुरुष, ७१ जना महिला र दुई जना बालबालिका कैदीबन्दी रहेको जिल्ला कारागार झापाले जनाएको छ । जसमध्ये एक हजार ३३५ नेपाली र ११० जना विदेशी रहेका छन्।

जिल्लामा ७६६ स्थायी र दुई वटा अस्थायी मतदान केन्द्र रहेका छन् । जिल्लाका मतदान केन्द्रमा मतदान अधिकृत र सहायक मतदात अधिकृत गरी एक हजार ५३६ जना निर्वाचनमा खटाइने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।  

Skip This