कालिकोट – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अझै पनि लोकतन्त्रमाथि कैँची चलाउन सक्ने बताउनु भएको छ ।
कालिकोटमा आज आयोजित एमालेको चुनावी सभालाई सम्बोधनका क्रममा अध्यक्ष ओलीले देउवालाई प्रतिगामीको संज्ञा पनि दिनु भएको छ ।

शेरबहादुर देउवालाई हेरेर मलाई अहिले पनि असोज १८ र माघ १९ गते सम्झनामा आउँछ। देउवाले अहिले पनि मौका पाए भने लोकतन्त्रलाई लगेर कतै बुझाइदिन्छन्,’ उहाँले भन्नुभयो, ‘उहाँहरुले धेरै भ्रम फिँजाउन थालेपछि म बोल्न बाध्य भएँ। मैले ताजा जनादेशमा जाने निर्णय लिनु प्रतिगमन भन्नेहरुको विगत हेर्नुस् मौका पर्दा लोकतन्त्रलाई कहाँ लगेर बुझाएका थिए।’
अध्यक्ष ओलीले भन्नुभयो, ‘माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले २०७४ मा जारी गरेको संयुक्त घोषणापत्रको प्रतिवद्धता च्यातेपछि कुरो बिग्रिएको हो । प्रचण्डले आफ्नो घरमा आगो लगाएर कांग्रेसको पालीमा बस्न जानुभयो । अहिले शेरबहादुर देउवा र प्रचण्ड भन्छन् प्रतिनिधिसभा बचायौँ भन्छन्, तर उहाँहरुको विगत हेर्नुस् त एक पटक।’

ओलीले मंसिर ४ सत्ता गठबन्धनलाई फ्याँक्ने अवसर भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘चिट चोरेर खानाका लागि यो गठबन्धन बनेको हो । मंसिर ४ गठबन्धनलाई फ्याँक्ने एउटा अवसरका रुपमा आएको छ। एमालेले देश बनाउँछ भन्ने व्यवहारमा देखाएको छ। त्यसैले एमालेले यो चुनावमा बहुमत ल्याउनुपर्छ।’


प्रतिक्रिया