चितवन – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछाने नेतृत्वको स्वतन्त्र पार्टीले घण्टी बजाउँदा आत्तिएको टिप्पणी गर्नुभएको छ ।
चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘ढ्याङ्ग्रो पनि बजाएको छैन। एउटा घण्टी बजाउन पनि नदिने। अनि ढुंगा हान्न जाने। दमा, नसिंङ्गा बजाएको पनि होइन।’
चुनाव लड्न आउनेलाई दिनुपर्ने अध्यक्ष ओलीले बताउनु भयो । स्थानीय तहको निर्वाचनमा गठबन्धनले पाँच जना मान्छे मारेको आरोप लगाउनु भयो । छिमेकीको घरमा लास सुताएर अबिर जात्रा मनाएको टिप्पणी गर्नुभयो ।
राणा शासन र राजतन्त्र जनताले फालेको उल्लेख गर्दै गठबन्धनलाई आगामी निर्वाचनबाट फाल्ने बताउनुभयो । गठबन्धन देशका लागि अभिसाप भएको उहाँको भनाइ छ।
अध्यक्ष ओली भन्नुहुन्छ, ‘हामीले थालेको विकास निर्माणको कामलाई काटेका छन्। अहिले पैसा छैन रे। बैंकमा पैसा छैन। ब्याजदर बढेको छ।’


प्रतिक्रिया