अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको घोषणापत्र देश बनाउने मार्गचित्र : अध्यक्ष ओली

एमालेको घोषणापत्र देश बनाउने मार्गचित्र : अध्यक्ष ओली


चितवन – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको घोषणापत्र देश बनाउने मार्गचित्र रहेको बताउनु भएको छ ।

आज चितवनको भरतपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेको घोषणापत्र देश बनाउने संकल्प भएको पनि बताउनुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘एमालेको घोषणापत्र एमालेको मात्र घोषणापत्र होइन, देश बनाउने मार्गचित्र हो, देशको गन्तव्य हो, देशको विधि हो, बाटो हो, देश कसरी अगाडि बढ्छ, कृषिको आधुनिकीकरण कसरी हुन्छ, उद्योगको स्थापना र विकास कसरी हुन्छ, व्यापार सन्तुलन कसरी बनाउने, असन्तुलन कसरी हटाउने, आत्मनिर्भरतातर्फ देशलाई कसरी लैजाने, गठबन्धनले ध्वस्त पारेको अर्थतन्त्रलाई फेरि सही बाटोमा कसरी अगाडि बढाउने यी सबै कुराको ग्यारेन्टी गरिएको छ ।’

अध्यक्ष ओलीले गर्भावस्थादेखि जीवनप्रत्यन्त के-कस्ता सहुलियत जनताले राज्यबाट पाउँछन्, कतिपय हटाउन त के घटाउन समेत नसकिने कार्यक्रम घोषणापत्रमा राखिएको बताउनुभयो । उहाँले पहिला वृद्धभत्ता दिँदा कनिका छरेका भनेर एमालेको विरोध गर्नेहरुले अहिले ६७, ६८ वर्षमा दिने भनेर प्रतिष्पर्धामा उत्रिएका बताउनुभयो । महिलाहरुलाई सेनिटरी प्याडका लागि वर्षको १५ दिन घोषणा गरेको भन्दै अध्यक्ष ओलीले यो कार्यक्रम कसैले हटाउन नसक्ने बताउनुभयो ।

उहाँले अरु पार्टीका घोषणापत्र कार्यान्वयन गर्न नभइ जनता ढाँट्न जारी गरेका उहाँले बताउनुभयो । अध्यक्ष ओलीले भन्नुभयो, ‘गठबन्धन पछि पनि रहन्छ अरे गठबन्धनले सरकार बनायो भने के गर्ने ? कांग्रेसले एउटा माओवादीले अर्को माधव नेपालको पार्टीले अर्को,लोसपाले अर्को मोहनबिक्रमको पार्टीले बेग्लाबेग्लै घोषणापत्र जारी गरेका छन्, एउटा भन्छ गणतन्त्र मान्दिनँ अर्को भन्छ गणतन्त्र नभइ हुँदैन, अर्को भन्छ संघीयता बोल्नै पाउँदैनस् अर्को भन्छ नभइ हुँदैन, अर्को भन्छ प्रत्यक्ष निर्वाचित राष्ट्रपति अर्को भन्छ प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, घोषणापत्र बाझेका छन् भने यिनीहरुले के चाहिँ लागू गर्छन् ? केही गर्दैनन्  ।’

घोषणापत्रमा उल्लेख गरिएका २० वटा ग्यारेन्टी एमालेले पूरा गर्ने प्रतिबद्धता जनाउँदै अध्यक्ष ओलीले भन्नुभयो, ‘अरुले घोषणापत्र भनेर किताबको खोल मीले खोल देखाएको होइन विगतका के गर्‍यौं भोलि के गर्छौं भनेर देखायौं ।’

राम्रा कामको सुरुआत एमालेले गर्ने भन्दै उहाँले अरु कुरा मात्रै गर्ने बताउनुभयो । अध्यक्ष ओलीले भन्नुभयो, ‘जे सुरु गर्छ एमालेले गर्छ, अरुले त कुरा गर्ने हो, हुलाकी बाटोको कुरा गरे कसैले बनाएनन्, एमाले आयो हुलाकी बाटो बनायो कुरा सिध्दियो, काठमाडौंमा मेलम्चीको पानी काठमाडौंमा ल्यायो ।’

माणिलाई मणि बनाउने उद्घोष गरेको एमालेसँग दुश्मनी गर्नेहरु सिध्दिँने पनि अध्यक्ष ओलीले बताउनुभयो ।

Skip This