अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विकासप्रेमी एलपी साँवा

विकासप्रेमी एलपी साँवा


झापा – एलपी साँवा लिम्बू नेपाली राजनीतिको एक चर्चित नाम हो । राजनीतिक, सामाजिक र व्यावसायिक क्षेत्रमा उत्तिकै सक्रिय र समर्पित लिम्बु नेपालको संघीय संसदको प्रतिनिधि सभाका सदस्य २०७४-२०७९ हुनुहुन्थ्यो ।

प्रतिनिधिसभा निर्वाचन २०७४ बाट झापा क्षेत्र नम्बर ४ को प्रतिनिधि सभा सदस्यमा पहिलो पटक निर्वाचित सांसद बन्नुभएका लिम्बुले वाम गठबन्धनको प्रतिनिधित्व गर्दै नेकपा एमालेको तर्फबाट झापा क्षेत्र नम्बर ४ बाट पहिलो हुने निर्वाचिन हुने निर्वाचन प्रणाली अन्तर्गत ४३ हजार ५१५ मत प्राप्त गरी निर्वाचित हुनुभएको थियो ।

पिता बुद्धिमान लिम्बु र माता स्व. दिलमाया लिम्बूको पहिलो सन्तानको रुपमा वि.सं. २०२४ साल असार २७ गते ताप्लेजुङ्ग जिल्लाको साविक नाल्वो गाविसमा जन्मनुभएका लिम्बु सानैदेखि राजनीतिक जीवनमा सक्रिय हुनुहुन्थ्यो । १३ वर्षको कलिलो उमेर मै २०३७ सालदेखि नै राष्ट्रिय रमणिय मावि दुधेमा स्ववियुसभापतिबाट राजनीतिक नेतृत्वको सुरुवात गर्नुभएका लिम्बुले अनेरास्ववियूको प्रारम्भिक कमिटिको अध्यक्ष २०३८-२०४०, अनेरास्ववियुको इलाका कमिटी संयोजक २०४०-२०४२ लगायतका महत्वपूर्ण जिम्मेवारीको कुशल नेतृत्व गर्नुभएको छ ।

अध्ययनका लागि २०४३ सालमा धरानको हात्तीसार क्याम्पसमा प्रवेश गर्दा लाहुरे परिवारका साँवाको सोँच डाक्टर बन्ने थियो तर समय र परिस्थिति परिवर्तन भएपछि त्यही क्याम्पसमा अध्ययन गर्ने क्रममा अनेरास्ववियुको प्रारम्भिक कमिटीको अध्यक्ष २०४३–२०४५ सोही क्याम्पसमा सोही समयमा स्ववियु सभापति २०४३–२०४४ बनेपछि राजनीतितर्फ बढी झुकाव भएका साँवा काठमाडौँको अमृत साइन्स कलेजमा साइन्स पढ्न थालेपछि डाक्टरको बाटो छाडेर राजनीतिको बाटोमा लाग्नुभयो ।

अग्रजहरुको प्रेरणा, आफ्नो अनुभव, प्रयास र कर्मले निरन्तर अघि बढीरहनु भएका शालीन व्यक्तित्व र प्रगतिशील सोचका धनी साँवा विद्यार्थी राजनीतिसँगै व्यवसायमा पनि होमिनु भयो । करीब १० वर्ष वैदेशिक रोजगार व्यवसायको क्षेत्रमा लाग्नुभएका उहाँले व्यवसायीहरुको छाता संगठन वैदेशिक रोजगार व्यवसायी महासंघ २०६२–२०६४ मा अध्यक्षको जिम्मेवारी पनि सम्हाल्नु भएको थियो ।

त्यसपछि पूर्णकालीन राजनीतिमा होमिनु भएका सावाँ पहिलो प्रयासमा झापाबाट सांसद बन्न सक्नु भएन। दोस्रो पटकमा जित निकाल्नु भएका उहाँ यो पटक पनि जित निकाल्ने तयारीमा हुनुहुन्छ । ‘मैले १० वर्ष व्यवसाय गरेँ । त्यसपछि मेरो इच्छाले विदा लिएँ,’ उहाँले भन्नुभयो, ‘सांसद पद पनि १० वर्ष भन्दा बढी खाने मेरो चाहना छैन । पहिलो पाँच वर्ष विताए अब जितेपछि पाँच वर्ष।’

विज्ञान समूहमा स्नातक तह वीएससीको अध्ययन गर्नुभएका लिम्बुले पिता स्व= तुलसीप्रसाद नाल्वो सुब्बा र माता भागिरथा इङ्गनामकी सुपुत्री मनिषा नाल्बो सुब्बासँग २०५२ साल माघ ३ गते वैवाहिक जीवनमा बाँधिनु भएको थियो । १ स्टक्चरल इञ्जिनियर छोरा र सानी छोरीका पिता लिम्बु हाल नेकपा एमाले प्रदेश नं १, सचिवालय सदस्य हुनुहुन्छ ।

नेपाल उधोग तथा व्यावसायी महासंघ २०७७–अहिलेसम्म अध्यक्ष, नेपाल वैदेशिक रोजगार व्यवसायी संघ २०६२–२०६४ अध्यक्ष, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्राल २०६०–२०६२ सल्लाहकार, नेपाल विकाश परिषदको सदस्य, वैदेशिक रोजगार परामर्श दाता, झापामा सञ्चालित १० मेगावाट सोलार पावर प्रोजेक्ट झापा इनर्जी प्रालिका अध्यक्ष लगायत अन्य दुईवटा इनर्जी प्रोजेक्टका अध्यक्ष लगायत थुप्रै संस्थाका महत्वपूर्ण जिम्मेवारी लिई कुशलतापूवर्क भूमिका निर्वाह गरिसक्नु भएको छ ।

बिगत पाँच वर्ष झापाली जनताको घरदैलोमै रहेका लिम्बुको यो पटक पनि विजयी निश्चित प्रायःछ । ‘गोलीको निसानाबाट छलिएपछि बाँचेको व्यक्ति हुँ,’ त्यसैले यो नाफाको जिन्दगी जनताको सेवामा लगाउने उद्देश्यका साथ राजनीतिमा होमिएको छु । म जनताकै बीचमा हुन्छु” उहाँले भन्नुभयो ।

डाक्टर बन्न हिँडेको लाहुरेको छोरो अहिले राजनीतिमा रहेको भन्दै झापाली जनताको मुहारमा मुस्कान छर्न सके आफ्नो सफलता त्यही हुने बताउने लिम्बुले आगामी निर्वाचनमा पनि झापाबाट जित्ने केही महत्वपूर्ण आधार छन् ।

सावाँको पहलमा नेकपा एमालेको सरकारले यस क्षेत्रमा निक्कै महत्वपूर्ण कामहरु गरेको छ । यस क्षेत्रमा मात्रै २९ किलोमिटर हुलाकी राजमार्गको काम सम्पन्न भएको, सताक्षीधाम, झिलझिले, जनता हुँदै होक्लावारी जोड्ने २७ किमि बाटो कालोपत्रे सम्पन्न हुने क्रममा रहेको, सुरुङ्गा, शरणामती, कामाटोली हुँदै झापाबजारबाट भारत जोड्ने २४ किमी सडक निर्माणाधिन अवस्थामा रहेको, सुरुङ्गा–दिगंलबैंक बैकल्पिक सडकको रुपमा लक्ष्मीपाण्डे चौक, हनुमान चौंक, मदरगाछ, क्वाडी, सडकवारी हुँदै लसुनासम्म जोड्ने बाटो राष्ट्रिय आयोजनामा समावेश भई काम सुरुवात भएको लगायत अन्य सडक विस्तारका काममा पनि निरन्तर लागेको उहाँको भनाई छ ।

रणनीतिक सडकका लाीग रु=२५ करोड बजेट विनियोजन भई हाल शिवगञ्ज, प्रहरी चौकी, धरहरा चौक, हल्दार चौक, कमल बनियानी, हिमाली स्कूल, फाक्तेप, विकास चौक हुँदै धरमपुरसम्मको सडक कालोपत्रे निर्माणाधिन अवस्थामा रहेको, कनकाई नदिमा शिवगञ्ज बजारबाट पूर्व कच्चुदह मदरगाछ जोड्ने गरी मोटोरेवल पूल निर्माणका लागि बोलपत्र आब्हान भइसकेको र निर्माणाधिन अवस्थामा रहेको लालपानी चन्द्रगाडी जोड्ने झोलुङ्गे पुलको निर्माणकार्य अन्तिम अवस्थामा रहेकोले यस वर्ष सम्पन्न हुने लगायतका पूर्वाधार विकासाका लागि निरन्तर पहल गरिरहनु भएको छ ।

स्वास्थ्य, मल लगायतका जनताका आधारभूत आवश्यकताका विषयमा सरकार, संसद र सडकमा निरन्तर आवाज उठाइरहनु भएका साँवाले जनतालाई स्वच्छ खानेपानी उपलब्त्र गराउन जामुनखाडी, प्रजाति, दोमुखा, कुमरखोद, धरमपुर, सताक्षी, फागुनन्द लगायतका क्षेत्रमा खानेपानीका आयोजनाहरुका पूर्वाधार विकास गर्दै डिप बोरिङ्ग र ओभरहेड टंङ्की निर्माण गरिसकिएकोले यस वर्ष भित्रमा पाइप विस्तार गरी उपभोक्ताको घर घरमा स्वच्छ खानेपानी पु¥याउने योजना रहेको उहाँले बताउनु भयो ।

यसको अतिरिक्त जनता आवास कार्यक्रम अन्तर्गत शिवसताक्षी नपा वडा नं ११ मा १६ वटा, झापा गापा–२, मा २० वटा, कोरोवारीमा १५ वटा र माहाभारामा १५ वटा गरी जम्मा ६६ वटा घर निर्माण गरी भूमिहिन, दलित र सुकुम्वारी परिवारलाई हस्तान्तरण गरेको, सुरक्षित आवास कार्यक्रम अन्तर्गत झापा–४ का १०८५ घर निर्माण गरेको, नदी नियन्त्रणका क्षेत्रमा कन्काई, विरिङ, सताक्षी, कमल खोला जस्ता धेरै नदीको तटबन्धनका निम्ति गरेका धेरै कामलाई त्यहाँका जनताले प्रत्यक्ष देखेका छन् ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम झापा क्षेत्र नम्बर ४ का धेरै सामुदायिक विद्यालयहरुमा प्रभावकारी ढंगले लागु भएको छ ।

दुईकोठे, चारकोठे भवन, विद्यालय कम्पाउण्ड बनाउने, विज्ञान–प्रविधि ल्याब स्थापना गर्ने, विद्यालय भवनको स्तरोन्नति गर्ने जस्ता धरै काम भएका छन् । यसको साथसाथै यस क्षेत्रका ३ वटा सामुदायिक विद्यालयहरु कनकाई मावि, डिल्लीराज मावि र आदर्श माविलाई नमूना विद्यालयको रुपमा विकास गर्न उहाँले अतुलनीय योगदान गर्नुभएको छ ।

यसको अतिरिक्त यस क्षेत्रमा विगत ५ वर्षमा धार्मिक, पर्यटकीय क्षेत्रमा गरेको विकासका र स्वास्थ्य क्षेत्रमा शवसातक्षी, टाँगनडुवा र कन्काइमा गरी ३ वटा पालिका स्तरीय अस्पताल निर्माणको चरणमा रहेको लगायतका कारण एलपी सावालाई जनताले विश्वास गरेर पुनः मतदान गर्ने मा विस्वस्त हुनुहन्छ ।

यस क्षेत्रमा सताक्षी, धनुषकोटीधाम, कोटीहोम जस्ता धार्मिक पर्यटकीय स्थलहरु, जस्ता धेरै धार्मिक, सास्कृतिक, राजनैतिक लगायतका पर्यटन स्थलहरु रहेकोले पर्यटन विकासको प्रचुर सम्भावना भएको यस क्षेत्रलाई आगामी ५ वर्षमा आर्कषक पर्यटककीय स्थलका रुपमा विकास गर्ने लक्ष्य रहेको उहाँ बताउनुहुन्छ।

हाम्रो पहिलो कार्यकाल र धारणा पूर्वाधार विकासमा लक्षित थियो र सोही अनुसार समयपनि खर्च भयो, अवको ५ वर्षे कार्यकालमा मानव विकास र पूर्वाधार विकासमा समानान्तर दृष्टिकोण राखेर दुवै क्षेत्रलाई उत्तिकै महत्वका साथ अघि बढाउने लक्ष्य रहेको साँवाको भनाई छ ।

समाजका हरेक क्षेत्रको विकासमा सक्रिय साँवा मानव सेवाको क्षेत्रमा पनि उत्तिकै समर्पित हुनुहुन्छ । स्वास्थ्य अभियान अन्तर्गत धेरै मुटुरोगीहरुको पुनःजीवन प्रदान गर्नुभएको भनी रोगको समस्यालले पीडितहरु साँवाले परिवार र बाबु आमाले पनि गर्न नसकेको योगदान गरेर आफ्ना सन्तान र आफन्त बचाईदिएकोमा भगवानको अर्को रुपमा लिन्छन् । यसको अतिरिक्त मानवीय विपत्तीका हरेक क्षेत्रमा साँवाले सहयोग गरेको भन्दै स्थानीयवासीहरु यसपटक पनि आफ्नो क्षेत्रको सांसदको रुपमा साँवालाई नै हेर्न चाहेको बताउँछन् ।

व्यक्तिगत जीवन र निजी स्वार्थभन्दा माथि उठेर निरन्तर जनताको सेवामा समर्पित भएकै कारण जनतामाझ लोकप्रिय बन्नु भएका साँवा सबैभन्दा बढी जनताको घर दैलोमा पुग्ने सांसदको रुपमा परिचित हुनुहुन्छ । जनताका दुःख नै आफ्ना दुःख रहेको अनुभूति गर्ने एल।पी। सावा लिम्बु झापा क्षेत्र नं। ४ लाई नेपालको एक उत्कृष्ट र सवैले हेर्न लायक क्षेत्रको रुपमा विकास गर्ने परिकल्पना रहेकोले बताउदै जनतासँग मतदानको अपिल गर्दै जनताले मतदात गरेर विजयी गराएमा आफूहरुले जनतालाई सम्वृद्धि दिने बचनबद्धता व्यक्त गर्नुहुन्छ ।