अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

समृद्ध तनहुँका लागि यस्ता छन् किरण गुरुङका मुख्य योजना

समृद्ध तनहुँका लागि यस्ता छन् किरण गुरुङका मुख्य योजना


तनहुँ – नेकपा एमाले तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार किरण गुरुङले आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गर्दै तनहुँको समृद्धिबाहेक अरु चाहना नभएको बताउनुभएको छ ।

४२ पृष्ठ लामो घोषणापत्र सार्वजनिक गर्दै गुरुङले आफ्नो क्षमता, बुद्धि र विवेकले भ्याएसम्म इमान्दारितापूर्वक जनप्रतिनिधिको भूमिका निर्वाह गर्ने प्रतिबद्धतासमेत जनाउनुभएको छ। ‘समृद्ध नेपाल, सुखी नेपाली हामी प्रत्येक नेपालीको इच्छा, आकाङ्क्षार चाहना हो, हामीले देख्ने एउटै साझा सपना पनि हो,’ उहाँको भनाइ छ, ‘त्यसलाई पूर्ण गर्ने हाम्रो साझा दृष्टिकोण, लक्ष्य उद्देश्य र संकल्पमा म दृढ रहनेछु।’

गुरुङले इमान्दारिता आफ्नो राजनीतिक जीवनको ठूलो सम्पत्ति भएको बताउनुभएको छ । ‘देश र जनता, राष्ट्र र राष्ट्रियता तथा लोकतन्त्र र परिवर्तनको पक्षमा मेरो सक्रियता, त्याग र बलिदान मेरो जीवनको अभिन्न अङ्ग हुन् भन्ने लाग्छ, जुन तथ्य यहाँहरुसमक्ष लुकेको छैन,’ घोषणापत्रमा गुरुङले लेख्नुभएको छ, ‘उच्च मनोवलका साथ, देश र जनताको आकाङ्क्षा अनुरुप मुलुकको अग्रगामी परिवर्तन अर्थात् समृद्धिको बाटोमा अविश्राम गतिमा लागिरहने प्रण गर्दछु । विकास, फेरि विकास र र निरन्तर विकास तथा परिवर्तन, फेरि परिवर्तन र अग्रगामी परिवर्तन मेरो गति हो ।’

गुरुङले राजनीतिक स्थायित्व र स्थिरता, राष्ट्रिय स्वाभिमान र अखण्डता, मुलुकको समृद्धि र अग्रगामी परिवर्तन, देश र जनताको सार्वभौमिकता, संविधानको रक्षा र कार्यान्वयन, नीति र कानुन निर्माण, विधि र सुशासनको लागि कुनै सम्झौता नगर्ने बताउनुभयो।

गुरुङले एमाले सरकारले थालनी गरेका सवै सडक विस्तार, स्तरोन्नति र कालोपत्रे गर्ने कार्य सम्पन्न गर्ने, पृथ्वी राजमार्ग विस्तार तथा स्तरोन्नति कार्यलाई समयमै सम्पन्न गर्न पहल गर्ने योजना अघि सा सार्नुभएको छ । रणनीतिक महत्वका सवै सडकहरुलाई विस्तार, स्तरोन्नति र कालोपत्रे गर्ने उहाँको योजना छ ।

टेन्डर भएका तथा निर्माणाधीन सवै पुलहरुलाई समयमानै सम्पन्न गर्न पहल गर्ने गुरुङको योजना छ ।

तनहुँ हाइड्रोलाई समयमा नै सम्पन्न गर्न पहल गर्ने, शुक्लागण्डकी–९ घारी र व्यास-५ चिन्तुटारमा प्रदेश र राष्ट्रिय स्तरको औद्योगिक क्षेत्र स्थापनना गर्न पहल गर्ने, धार्मिक, ऐतिहासिक तथा प्राकृतिक पर्यटकीय गन्तव्यहरुलाई संरक्षण र प्रवर्धन गर्ने, उन्नत प्रविधि र प्राविधिक सहयोगबाट कृषि उत्पादन र उत्पादकत्ववृद्धि गर्न कृषिको व्यवसायीकरण, यान्त्रिकीकरण र बजारीकरण गर्न जोड दिने, शुक्लागण्डकी ५ बेलचौतारामा गण्डकी विश्वविद्यालय स्थापना र चिकित्सक शिक्षण अस्पताल स्थापना गर्न पहल गर्ने, निर्वाचन क्षेत्रका सवै घरधुरीमा एक घर एक धारा अभियान सञ्चालन गर्ने गुरुङको घोषणापत्रमा लेखिएको छ ।

गुरुङले आफूले ठूल्ठूला योजना भन्दा पनि पूरा हुने खालका र जनजीवनसँग प्रत्यक्ष जोडिएका कामहरु गर्ने बताउनुभयो ।

Skip This