अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वर्तमान शासकीय स्वरुपबाट मुलुकमा विकास र समृद्धि : अध्यक्ष ओली

वर्तमान शासकीय स्वरुपबाट मुलुकमा विकास र समृद्धि : अध्यक्ष ओली


 विराटनगर – नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान शासकीय स्वरुपबाट मुलुकको विकास र समृद्धि कायम गर्न सकिने बताउनुभएको छ ।

 विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै उहाँले यही शासकीय स्वरुपले दिएको प्रणालीलाई सफल कार्यान्वयन गरेमा जनतामा समृद्धि ल्याउन सकिने प्रष्ट पार्नुभयो ।

अहिले भइरहेको प्रणाली भन्दा कार्यान्वयन गर्ने व्यवहारमा कमजोरी रहेको छ भन्दै अध्यक्ष ओलीले व्यक्तिमा रहेको आचरण र व्यवहारलाई परिवर्तन नगरेसम्म जुनसुकै शासकीयस्वरुप पनि असफल हुने प्रष्ट पार्नुभयो । “शासकीयस्वरुप परिवर्तमानमा अहिले हतारिने बेला होइन, सल्लाह र समझदारीमा समाधान गर्न सकिन्छ”, उहाँले भन्नुभयो ।