अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

निर्वाचनपछि एमाले नेतृत्वको सरकार बन्छ : अध्यक्ष ओली

निर्वाचनपछि एमाले नेतृत्वको सरकार बन्छ : अध्यक्ष ओली


सुनसरी – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनपछि नेकपा एमालेको नेतृत्वमा सरकार बन्ने दाबी गर्नुभएको छ ।

सुनसरीको कोसी गाउँपालिका–१ स्थित लौकहीमा आज निर्वाचन क्षेत्र-४ को नेकपा एमाले र जसपाको संयुक्त चुनावी आमसभा कार्यक्रममा उहाँले लोकतन्त्रलाई संस्थागत गर्न र स्थिर सरकार गठनका लागि एमालेलाई बहुमतका साथ मतदाताले जिताउने र त्यसपछि एमाले नेतृत्वको सरकार बन्ने बताउनुभयो । देशको विकासको मिसन र भिजन एमालेसँग मात्रै भएकाले विकास र समृद्धिका पक्षमा जनताले मतदान गर्ने अध्यक्ष ओलीको भनाइ थियो ।

देशको विकास गर्ने स्पष्ट खाका एमालेसँग मात्रै रहेकाले मतदाताले एमालेलाई जिताउनुपर्नेमा जोड दिँदै उहाँले निर्वाचनपछि आफ्नै नेतृत्वमा सरकार बन्ने उल्लेख गर्नुभयो ।

फरक प्रसङ्गमा ओलीले निर्वाचनपछि एमाले नेतृत्व सरकार बन्ने र आफूहरुको सरकारले एक महिनाभित्र नागरिकता समस्या समाधान गर्ने बताउनुभयो । उहाँले अङ्गीकृत र जन्मसिद्ध नागरिकता पाएका नागरिकका सन्तानले वंशजको नागरिकता पाउने बताउनुभयो ।