अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मतदानस्थल र मतदान केन्द्र निर्माण कार्यमा तीब्रता (तस्बिरहरु)

मतदानस्थल र मतदान केन्द्र निर्माण कार्यमा तीब्रता (तस्बिरहरु)


काठमाडौं-निर्वाचन आयोगले चुनावका लागि मुलुकभर मतदानस्थल र मतदान केन्द्र निर्माणको काम भइरहेको बताएको छ । मतपत्र र निर्वाचन सामग्रीसहित कर्मचारी तथा सुरक्षाकर्मी पुगेसँगै मतदानस्थल र मतदान केन्द्र निर्माणलाई तीब्रता दिइएको आयोगले जनाएको हो ।

आयोगका अनुसार मतदानस्थल र मतदान केन्द्र निर्माणको काम धमाधम भइरहेको छ । अपांगता भएका व्यक्ति तथा सुत्केरी, गर्भवती, ज्येष्ठ नागरिक, बिरामी र अशक्त मतदातालाई सहज हुने गरी मतदान केन्द्र निर्माण गरिएको आयोगले जनाएको छ । देशभर १० हजार आठ सय ९२ मतदानस्थलमा २२ हजार दुई सय २७ मतदान केन्द्र निर्धारण गरिएको निर्वाचन आयोगले जनाएको छ।