नेपालगञ्ज- नेकपा एमालेको साथ पाएका राप्रपाका महामन्त्री धवलशमशेर राणाले बाँके २ मा फराकिलो मतान्तर बनाउँदै अघि बढ्नु भएको छ । पछिल्लो मत परिणामअनुसार राणाले १२६५२ मत ल्याएर अग्रता कायम छ । यहाँ एमालेले उनलाई समर्थन गरेको छ ।
जसपाका इस्तियाक राईले ७४६२ मत ल्याएर दोस्रो स्थानमा रहेका छन् भने कांग्रेसका सुदीपनरसिंह राणाले १६४३ मत र रास्वपा विनोद अग्रहरीले ६०२ मत ल्याएका छन् ।
प्रदेशसभा २ को १ मा जसपाका भण्डारी लाल अहिर ५२३६, एमालेका विजय यादव ४०३७ कांग्रेसका राजकुमार कुर्मी ३४३८ मत पाएका छन् ।
२ को २ मा कांगेसका सुरेन्द्र हमाल १५२८, जसपाका अदृश अग्रहरी १४२५ एमालेका निरक गुरुङ १२६५ मत ल्याएका छन् ।







प्रतिक्रिया