गुल्मी – गुल्मीको क्षेत्र नम्बर २ को प्रदेश सभा (१) मा नेकपा एमालेका डिल्लीराज भुसाल विजयी हुनुभएको छ ।
भुसालले १४ हजार ९३० मत ल्याएर विजयी हुनु भएको हो । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका भुवनप्रसाद श्रेष्ठले १३ हजार ८८० मत ल्याएर पराजित हुनु भयो ।
यस प्रदेश सभामा उम्मेदवार बन्नुभएका भुसाल र श्रेष्ठ २५ वर्ष अघिकै प्रतिस्पर्धी हुन् । तत्कालीन तम्घास गाविसको अध्यक्ष पदका लागि २०५४ सालमा भुसाल र श्रेष् बीच प्रतिस्पर्धा भएको थियो ।
त्यस्तै २०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा रेसुङ्गा नगरपालिकाको नगर प्रमुख पदमा कांग्रेसबाट श्रेष्ठ र एमालेबाट भुसालबीच प्रतिस्पर्धा भएको थियो ।
प्रतिक्रिया