अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

डोटी-१ प्रदेशसभा (१) मा एमालेका मल्ल विजयी

डोटी-१ प्रदेशसभा (१) मा एमालेका मल्ल विजयी


डोटी – डोटी क्षेत्र नम्बर १ को प्रदेशसभा (१) मा नेकपा एमालेका चक्रबहादुर मल्ल विजयी हुनुभएको छ । सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका डोटी सभापति नरेन्द्रबहादुर सिंहलाई ४५० मतले पछि पार्दै मल्ल विजयी हुनुभएको हो । मल्लले १५ हजार २७९ मत ल्याउँदा सिंहले १४ हजार ८२९ मत पाउनु भयो ।

हाम्रो नेपाल पार्टीका उम्मेदवार शैलेन्द्र खड्काले ५४० र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारले ७५५ मत प्राप्त गर्नुभयो ।