अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बालकृष्णले हारेपछि एमाले दोलखा सचिव हिरा थोकरको राजिनामा

बालकृष्णले हारेपछि एमाले दोलखा सचिव हिरा थोकरको राजिनामा


दोलखा – प्रतिनिधिसभा निर्वाचनमा दोलखामा एमालेको उम्मेदवार ३१८ मतान्तरमा पराजित भएपछि एमाले जिल्ला कमिटीका सचिव हिरा थोकरले पार्टीको जिम्मेवारीबाट राजिनामाको घोषणा गरेका छन । सोमबार बिहान मतपरिणामा सार्वजनिक भएलगत्तै मेलुङ गाउँपालिकाको अध्यक्ष समेत रहेका थोकेर पार्टीको हारमा नैतिक जिम्मेवारी लिँदै सचिव पदबाट राजिनामाको घोषणा गरेका हुन ।

उनले सामाजिक सञ्जाल मार्फत भनेका छन, ‘प्रतिनिधि सभा निर्वाचन २०७९ मा नेकपा एमाले दोलखाको पराजयमा नैतिक जिम्मेवारी लिदै नेकपा एमाले जिल्ला कमिटी दोलखाको सचिवबाट राजिनामा घोषणा गर्दछु।’