अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

महाकाली नदी नेपाल-भारतको सीमा हो, एकलौटी संरचना बनाउन मिल्दैन : एमाले

महाकाली नदी नेपाल-भारतको सीमा हो, एकलौटी संरचना बनाउन मिल्दैन : एमाले


काठमाडौं – नेकपा एमालेले महाकाली नदीमा भारतले एकलौटी रुपमा अगाडि बढाएको कामलाई रोक्न सरकारसँग माग गरेको छ।

महाकाली नदीको धार नै परिवर्तन हुने गरी भारतीय पक्षले लगाएको पर्खालको विषयमा सरकारको मौनताप्रति एमालेले प्रश्न उठाएको हो ।

महाकाली नदी नेपाल र भारतको सीमा भएकाले भारतले नेपालाई असर पर्ने गरी एकपक्षीय रुपमा संरचना बनाउन नमिल्ने एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले बताउनुभयो ।

राजन भट्टराई सामाजिक सञ्जालमा लेख्नुहुन्छ, ‘महाकाली नदी सीमा नदी हो । सिमानामा बनाउने संरचनाले अर्कातिर असर गर्छ भने एकपक्षीय रुपमा बनाउन मिल्दैन । नदीको धार नै परिवर्तन हुने गरी महाकालीमा जे भइरहेको छ यो तत्काल रोकी यस मामलामा द्विपक्षीय वार्ता गरी सहमति खोजियोस् । यो मामला संघीय सरकारको भएकोले केन्द्रबाट नै पहल हुनुपर्छ ।’

नदीको धार नै परिवर्तन हुने गरी महाकालीमा भइरहेको कामलाई रोकेर द्विपक्षीय वार्ताबाट सहमति खोज्न उहाँले सरकारलाई आग्रह गर्नुभएको छ ।