अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले लडेको हो, सकिएको होइन: विष्णु रिजाल

एमाले लडेको हो, सकिएको होइन: विष्णु रिजाल


काठमाडौं-नेकपा (एमाले)का नेता विष्णु रिजालले एमालेले चुनाव हारे पनि राजनीति नहारेको बताएका छन्।

सामाजिक सञ्जालमार्फत रिजालले एमाले लडेको तर समाप्त नभएको जिकिर गर्दै यस्तो बताएका हुन् ।

‘एमाले लडेको हो, सकिएको होइन। हामीले चुनाव हारेका हौँ, राजनीति हारेका होइनौँ,’ उनले भनेका छन्, ‘हामीले निर्माण गरेको संविधान छ, हामीले स्थापित गरेको व्यवस्था छ । त्यसैले खरानीबाट फिनिक्स चरा पुनर्जीवित भएझैं एउटा चुनाव हारेको एमालेले पुनर्जीवन प्राप्त गर्न सक्छ।’

उनले चुनावी पराजयपछि एमालेले कठोर आत्मसमीक्षा र साधनाको बाटो रोज्नुपर्ने बताए।

चुच्चो र प्वाँख खिइएपछि चट्टानमा घोटेर आफूलाई नयाँ उडानका लागि तयार पार्ने बाजको उदाहरण दिँदै उनले एमालेको पंक्तिले पनि आफूलाई नयाँ उडानका लागि तयार पार्नुपर्ने उल्लेख गरेका छन्।

‘हामी फेरि नयाँ ऊर्जा र आत्मविश्वासका साथ नयाँ उचाइको उडान भर्न सक्छौँ,’ उनले भनेका छन्, ‘संकल्प गरौँ– सम्भव छ !’