काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसदमा पेस भएको महाअभियोग प्रस्ताव निष्क्रिय बनेको छ ।
संसदका महासचिव डा. भरतराज गौतमले उहाँलाई महाअभियोग निष्क्रिय भएको पत्र दिएका हुन् । महाअभियोग निष्क्रिय भएसँगै आजैबाट आफू अदालतमा हाजिर हुने उहाँले जानकारी दिनुभएको छ ।
चोलेन्द्रको कार्यकाल भने धेरै बाँकी छैन । उहाँले आगामी २७ गते अवकाश पाउँदैछन् ।
जबराविरुद्ध विभिन्न २१ आरोप लगाएर सत्तारुढ दलहरू कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदहरूले फागुन १ गते प्रतिनिधिसभामा महाभियोग दर्ता गराएका थिए । महाभियोग दर्ता भएपछि जबरा स्वतः निलम्बनमा परेका थिए ।





प्रतिक्रिया