अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विद्युत खपतमार्फत नै समृद्धि : कुलमान घिसिङ

विद्युत खपतमार्फत नै समृद्धि : कुलमान घिसिङ


काठमाडौं – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत खपत बढाउनको लागि प्राधिकरणको लगानी विद्युतीय पूर्वाधार विकासमा केन्द्रित गरेको बताउनु भएको छ ।

आज नेपाल विद्युतीय व्यवसायी महासंघले आयोजना गरेको ‘फिन इलेक्ट्रो टेक २०२२’ प्रदर्शनी कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक घिसिङले सरकार र प्राधिकरण विद्युतीय आवश्यक पूर्वाधारको विकासका लागि लगानी केन्द्रित रहेको बताउनु भएको हो । उहाँले नेपालमा उत्पादन विद्युत नेपालमा नै खपत बढाउनका लागि विभिन्न इभि एक्स्पोहरु भइरहेको बताउनुभयो।

घिसिङले विद्युत खपतको लागि चार्जिङ स्टेसनहरु बिस्तार र इन्डक्स कुकिङलाई प्राथमिकता दिँदै आएको बताउनुभयो । उहाँले विद्युत प्रशारण, वितरण र सव स्टेशनको विकास नभइ विद्युत खपत बढाउन नसक्ने बताउनु भयो । उहाँले प्राधिकरण गुणस्तरीय विद्युत र चाहे जति विद्युत सप्लाई गर्ने विद्युतीय पूर्वाधार निर्माण गर्ने चरणमा रहेको बताउनु भयो । घिसिङले गाउँगाउँमा शतप्रतिशत विद्युतीकरण गर्ने सरकारको नीति तथा कार्यक्रम अनुसार पूरा गर्ने चरणमा प्राधिकरण पुगेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले नेपालमा नै विद्युत खपत बढाउनको लागि इभि एक्स्पोदेखि इभिको प्रमोसन भएको छ । चार्जिङ स्टेशनहरु बढेको छ । प्राधिकरण इन्डक्स कुकिङको कुरा गरिरहेका छौं । सरकार र प्राधिकरण विद्युतीय आवश्यक पूर्वाधारको विकासका लागि निरन्तर लागिरहेका छौं ।’