अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अहिले विहान काठमाडौंको तापक्रम ७.२ डिग्री सेल्सियस

अहिले विहान काठमाडौंको तापक्रम ७.२ डिग्री सेल्सियस


काठमाडौं- देशका पहाडी भू–भागका थोरै स्थानमा आज बिहान आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । आज बिहान पौने ६ बजे काठमाडौंको तापक्रम ७.२ डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार आज दिउँसो प्रदेश–१ र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

विभागले अनुसार आज राति प्रदेश–१, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।
तराईका केही भू–भागमा बिहानको समयमा हुस्सुरकुहिरो लागिरहेको छ । घाम लागेपछि उक्त हुस्सु र कुहिरो हट्नेछ । देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन विभागले आग्रह गरेको छ ।

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । जसका कारण हिमपात र वर्षा केहीसमय यता भएको छैन ।

Skip This