काठमाडौं-नेपाली युवायुवतीलाई वैदेशिक रोजगारीमा न्युजिल्यान्ड पठाइदिन्छु भन्दै झन्डै १० लाख ठगी गरेको आरोपमा एक जना भारतीय पक्राउ परेका छन्।
भारत बिहार राज्यको गोपालगञ्जका ४२ वर्षीय संजय कुमार पक्राउ परेका हुन्। अभियुक्त एक जनाबाट ९ लाख ८० हजार लिएर सम्पर्कविहीन भएका थिए।
पीडितको उजुरीपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालन भएको टोलीले फरार रहेका उनलाई काठमाडौं महानगरपालिका–१६ बाट गत बुधबार पक्राउ गरेको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।






प्रतिक्रिया