अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संवैधानिक निकायमा नियुक्तिबारे निर्णय गर्न परिषद् बैठक बस्दै

संवैधानिक निकायमा नियुक्तिबारे निर्णय गर्न परिषद् बैठक बस्दै


काठमाडौं-संवैधानिक परिषद् बैठक शुक्रबार साँझ बस्नेगरी आह्वान भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बेलुकी ५ बजे बैठक बस्ने तय भएको हाे।

बैठकमा संवैधानिक निकायका रिक्त पदहरूमा नियुक्ति सिफारिस सम्बन्धी छलफल हुने प्रमुख विपक्षी नेता तथा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले जानकारी दिए ।

हाल निर्वाचन आयोगमा अध्यक्षसहित दुई पद, राष्ट्रिय मानवअधिकार आयोगमा सदस्यको एक पद र मुस्लिम आयोगमा अध्यक्षसहित दुई पद रिक्त छन् । राष्ट्रिय समावेशी आयोग अध्यक्षसहित दुई पद रिक्त छ भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा एक पद रिक्त छ । 

थारू आयोगमा अध्यक्षसहित दुई र मधेसी आयोगमा पनि अध्यक्षसहित दुई पद रिक्त छन् । राष्ट्रिय प्रकृति सोत तथा वित्त आयोगमा अध्यक्षसहित तीन पद रिक्त छन् । महिला आयोगमा एक सदस्य पद खाली छ ।

Skip This