अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राप्रपाको समानुपातिकमा हेविवेट भिडन्त : राजेन्द्रलाई सकस पशुपति कि प्रकाशचन्द्र छान्ने ?

राप्रपाको समानुपातिकमा हेविवेट भिडन्त : राजेन्द्रलाई सकस पशुपति कि प्रकाशचन्द्र छान्ने ?


काठमाडौं -अप्रत्यासित जीत हासिल गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीलेलाई समानुपातिकतर्फ नेता व्यवस्थपन गर्न मुस्किल परेको छ । उल्लेख्य मात्रामा भोट आएर संसदको पाँचौ शक्ति भएको राप्रपाका अध्यक्ष लिङदेन कसरी र कसलाई समानुपातिक कोटामा राख्ने भनेर परामर्शमै हुनुुहुन्छ । खस आर्य पुरुषतर्फ हेभिवेट नेताहरु पशुपतिशम्शेर जबरा र डा.प्रकाशचन्द्र लोहनी मध्ये कसलाई पठाउने भनेर लिङदेन परामर्शमा हुनुहुनछ । खासगरी महाधिवेशनमा आफूलाई अध्यक्ष बनाउनका लागि दुवै नेताले ठाउँ खाली गरिदिएकोले लिङदेन दुवैप्रति नतमस्तक हुनुहुन्छ । तथापी दुई मध्ये एकलाई छानेर अर्को कोटामा जनजाती वा दलित पुरुष मध्येबाट छान्नु पर्ने बाध्यता उहाँलाई छ । लिङदेन निकट स्रोतका अनुसार राप्रपाको पुस्तौनी विरासन बोकेका राणालाई खस आर्य पुरुषबाट छनौट गरेर जनजाती नेता तथा उपाध्यक्ष बुदिमान तामाङ लाई मनोनय गर्ने पक्षमा अध्यक्ष लिङदेन हुनुहुन्छ ।
समानुपातिकतर्फ ७ सिट पाएको राप्रपाले दुई पुरुष र पाँच महिला नेतालाई संसदमा पठाउदैछ । महिलातर्फ भने कुनै समस्या नभएको राप्रपा स्रोतको भनाइ छ ।