काठमाडौं – कर्णाली करिडोर अन्तरगत कालिकोटको सडक खण्डबाट जेसीबी कर्णाली नदीमा खस्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।
शनिबार दिउँसो कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका–१ अधेँरीखोला नजिकबाट जेसीबी नदीमा खसेको प्रहरीले जनाएको छ।
कालीकोटकै सान्नी त्रिवेणी गाउँपालिका–१ का ३० वर्षीय चरित्र सार्की र सोही पालिका २ का १६ वर्षीय युवराज बुढाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी शुक्रराज बमले जानकारी दिए।
अन्दाजी २२÷२३ वर्षीय कमल सोडारी, सान्नी त्रिवेणी नगरपालिका–१ कालीकोटका १९ वर्षीय उमेश गिरी र सोही ठाउँका १४ वर्षीय रक्तिम कार्की छन्। उनीहरुको खोजीकार्य जारी रहेको प्रहरीको भनाइ छ।
फुकोट कर्णाली हाईड्रोपावरको निर्माणाधीन सुरुङ भित्र पानीको अवस्था जाँच गरेर फर्कने क्रममा कर्णाली करिडोरको सडक खण्डबाट कर्णाली नदीमा खसेको प्रहरीले जनाएको छ।
जेसीबी सडकबाट ८० मिटर तल कर्णाली नदीमा खसेको प्रहरीको भनाइ छ।






प्रतिक्रिया