अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राज्यका निकायले सबैलाई एउटै मापदण्ड लागू गर्नुपर्छ: महेश बस्नेत

राज्यका निकायले सबैलाई एउटै मापदण्ड लागू गर्नुपर्छ: महेश बस्नेत


काठमाडौं-नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई पक्राउ गरिएको घटनाप्रति आपत्ति जनाएका छन्।

नुवाकोट जिल्ला कमिटीद्वारा आयोजित विस्तारित बैठकलाई सम्बोधन गर्दै सचिव बस्नेतले राज्यका निकायहरूले निष्पक्ष र समान ढंगले काम गर्नुपर्ने बताएका हुन्।

सचिव बस्नेतले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरिएको घटनाको स्मरण गर्दै एमालेले अन्यायपूर्ण व्यवहार स्वीकार नगर्ने बताए।

सचिव बस्नेतले सम्बोधनका क्रममा विभिन्न व्यक्तिहरूमाथि उठेका आरोप तथा सार्वजनिक रूपमा चर्चामा रहेका विषयहरूमा पनि प्रश्न उठाएका थिए। उनले राज्यका निकायहरूले सबैप्रति समान व्यवहार गर्नुपर्ने भन्दै छनोटका आधारमा कारबाही गरिएको जस्तो देखिन नहुने धारणा राखे।

सचिव बस्नेतले विष्णु पौडेलमाथि कारबाही गरिरहँदा अन्य विवादित विषयमा जोडिएका व्यक्तिहरूमाथि अनुसन्धान वा कारबाही नभएको दाबी गर्दै त्यसप्रति असन्तुष्टि व्यक्त गरे। सचिव बस्नेतले कानुनी शासनको मर्मअनुसार सबैलाई समान मापदण्ड लागू हुनुपर्नेमा जोड दिए।

एमाले नेताहरूले पछिल्लो घटनाक्रमलाई राजनीतिक पूर्वाग्रहका दृष्टिले हेर्न नहुने तथा राज्यका निकायहरूले निष्पक्षता कायम गर्नुपर्ने बताएका छन्।

Skip This