बैतडी-कैलालीको धनगढीबाट बैतडीतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना भएको छ।
शुक्रबार अपराह्न सुपप्र ०१००१ खा ३९६३ नम्बरको बस बैतडीको पाटन नगरपालिका–८ स्थित गैराखान क्षेत्रमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
प्रहरीका अनुसार बस सडकबाट करिब २०० मिटर तल खसेको छ। दुर्घटनापछि तत्काल नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीय बासिन्दा उद्धार कार्यमा खटिएका छन्।
घटनास्थलमा रहेका वडाध्यक्ष हरिश विष्टका अनुसार हालसम्म १६ जना घाइतेको उद्धार गरिएको छ। घाइतेहरूको अवस्था तथा उनीहरूलाई उपचारका लागि कहाँ पठाइएको भन्ने विवरण आउन बाँकी छ।
प्रहरीले दुर्घटनाको कारण खुल्न बाँकी रहेको जनाएको छ। घटनाबारे थप विवरण संकलन भइरहेको र उद्धार कार्य जारी रहेको छ।






प्रतिक्रिया