कटारी – उदयपुरमा १२० किलो गाँजा बरामद भएको छ । कटारी नगरपालिका-६ साँगुरीबाट शनिबार झण्डै १२० किलो अवैध लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीलाई देख्नासाथ अपरिचित व्यक्तिहरूले बोकी ल्याएका ६ बोरा अवैध गाँजा फ्याँकेर फरार भएपश्चात् जाँच गर्ने क्रममा उक्त गाँजा बरामद भएको हो । हाल फरार अपरिचित व्यक्तिहरूको प्रहरीले खोजी गरिरहेको प्रहरीले बताएको छ ।






प्रतिक्रिया