अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘चि मुसी चि’को ट्रेलर सार्वजनिक

‘चि मुसी चि’को ट्रेलर सार्वजनिक


काठमाडौं-हरर थ्रिलर चलचित्र ‘चि मुसी चि : इभन डेड डिजायर बिलोङ्गिङ’को ट्रेलर सार्वजनिक गरिएको छ । २ मिनेट ५२ सेकेण्ड लामो ट्रेलरकम अदृश्य शक्तिसँग बच्न पात्रहरुले गर्नु परेको संघर्ष देखिन्छ ।

मिर्ना जेम्स र यश सैनी निर्देशित चलचित्रले दर्शकमा डर र कौतुहलता जगाउने प्रयास गरेको छ । मिर्ना र यश कै कथा, पटकथा रहेको चलचित्रमा ऋचा शर्मा, प्रियंका कार्की, बेनिशा हमाल, आयुषमान देशराज जोशी, रविन्द्र झा, राजन खतिवडालगायत कलाकारको अभिनय छ ।

सार्वजनिक ट्रेलरले दर्शकमा कौतुहलता पैदा गर्नेमा निर्माण पक्ष ढुक्क छ । चलचित्र पुस २२ देखि अलनेपाल प्रदर्शनमा आउनेछ । सुशन प्रजापतिको छायांकन रहेको चलचित्रलाई यश सैनीले सम्पादन गरेका छन् ।

Skip This