काठमाडौं-नेकपा (एमाले)को सचिवालय बैठक पार्टी मुख्यालय च्यासलमा जारी छ। पार्टी केन्द्रीय कमिटीको बैठक चलिरहेका बेला सचिवालय बैठक बसेको हो।
बैठकमा अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरी पारित भएको राजनीतिक प्रतिवेदनमाथि छलफल हुने बताइएको छ।
त्यसैगरी बैठकमा केन्द्रीय कमिटीमा सदस्य मनोनयन, स्थायी कमिटी तथा पोलिटब्युरो गठनलगायत संगठनात्मक विषयमा पनि छलफल हुने बताइएको छ।
एमाले केन्द्रीय कमिटीको बैठक आज अपराह्न १२ बजेबाट बस्ने कार्यसूची रहेको छ। केन्द्रीय कमिटी बैठकअघि सचिवालयले महत्वपूर्ण संगठनात्मक तथा राजनीतिक विषयमा छलफल गरिरहेको हो।





प्रतिक्रिया