अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पार्टीलाई एकताबद्ध बनाएर स्थानीय तहको निर्वाचनमा जुटौं: केन्द्रीय सदस्य ढकाल 

पार्टीलाई एकताबद्ध बनाएर स्थानीय तहको निर्वाचनमा जुटौं: केन्द्रीय सदस्य ढकाल 


काठमाडौं- नेकपा एमालेकी केन्द्रीय सदस्य मोहनमाया ढकालले पार्टीलाई एकता बनाएर स्थानीय तहको निर्वाचनको तयारीमा जुट्नु पर्ने बताइन्। पार्टीको जारी केन्द्रीय कमिटीको तेस्रो बैठकमा अध्यक्षको प्रतिवेदनमा आफ्ना धारणा राख्दै ढकालले फागुनको निर्वाचनले पार्टीलाई ठुलो धक्का दिएको र त्यसका पराकम्प अझै आइरहेको बताइन्।

 उनले स्थानीय तहको चुनावमा आउन सक्ने झन् ठुलो धक्काको आजैबाट प्रतिरोध गर्ने सामथ्र्य पाटीले तयार गर्नुपर्ने ढकालले बताइन् । ‘पार्टीप्रति जनतामा किन किन निराशा छाएको छ। त्यसको एक धक्का हामीले गत निर्वाचनमा व्योहोरियौं। त्यसको पराकम्प साम्य नहुँदै अर्को चुनावी धक्काको तयारी हुदैछ’ ढकालले भनिन् ‘तर पार्टी भित्रको एकता,कार्यकर्ताप्रतिको सम्मान र जनताप्रतिको जवाफदेहिताले हामी यो धक्काको सामना गरेर विजय हासिल गर्न सक्छौं।’ वीरेन्द्रनगर नगरपालिकाकी मेयर समेत रहेकी ढकालले पार्टी र संगठनप्रति प्रतिवद्ध हजारौं कार्यकर्ता मैदान रहेकोले एमालेले निराश हुनुपर्ने अवश्था नभएको उनले बताइन् । ‘मैदानमा हजारौं प्रतिवद्ध कार्यकर्ता र हामीलाई माया गर्ने मतदाता छन्’ ढकालले भनिन् ‘गत निर्वाचनमा कोही अल्गोरिदमको प्रभावमा परे । कसैले हाम्रा कार्यशैलीमा असहमती राखेर मत बदले। उनीहरुको मन एमालेमै छ । अबको निर्वाचनमा मनसँगै मत पनि एमालेमै हाल्ने वातावरण बनाउन सबैले तह अनुसारको जिम्मेवारी निर्वाह गरौं।’

 अध्यक्ष केपी शर्मा ओलीले बैठकमा प्रष्तुत गरेको प्रतिवेदनको अंश उधृत गर्दै उनले जनताप्रतिको विश्वास फर्काएर आगामी निर्वाचन जित्न सकिने बताइन्। ‘अध्यक्षज्यूको प्रतिवेदनमा उल्लेख भए अनुसार नै जनताको मन बुझेर,गल्ती सच्याएर,संवाद सुधारेर,संगठन जगाएर,नीति स्पष्ट पारेर र नयाँ विश्वास बनाएर आगामी चुनाव जित्न सकिन्छ ’ ढकालले भनिन् ‘प्रतिवेदनको यो अंश जिम्मेवारीमा भएका सबै कमरेडहरुले पुरा गरौं । पार्टीको पक्षमा माहोल फर्कन्छ।’

 ढकालले लामो अन्तरालमा मात्र केन्द्रीय कमिटीको बैठक बसेको र नयाँ निर्वाचनको चहलपहल सुरु भइसकेकोले यस बैठकमा स्थानीय तहको चुनावी रणनीति र एजेण्डाका बारेमा पनि छलफल होस भन्ने माग गरेकी छिन्।