अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पूर्वराजा शाहद्वारा जानकी मन्दिरमा विशेष पूजापाठ

पूर्वराजा शाहद्वारा जानकी मन्दिरमा विशेष पूजापाठ


धनुषा – पूर्वराजा ज्ञानेन्द्र शाहले आज जनकपुरधामस्थित जानकी मन्दिरमा विशेष पूजापाठ गर्नुभएको छ। उहाँ हिजो यहाँ आइपुग्नुभएको थियो ।

जानकी मन्दिरमा पूर्वराजालाई स्वागत गर्नका लागि रातो कार्पेट ओछ्याइएको थियो सो अवसरमा मन्दिरका महन्त रामतपेश्वर दास र सहायक महन्त रामरोसन दासले पूर्वराजालाई मायाको चिनो प्रदान गर्नुभएको थियो ।

पूजापाठपछि उहाँ यात्री निवास गेष्ट हाउस जानुभएको थियो । शुक्रबार दिउँसो यहाँ आइपुग्नुभएका उहाँ साँझ गङ्गा सागरमा दैनिक आयोजना हुने महागङ्गा आरतीमा सहभागी हुनुभएको थियो । पूर्वराजासँग पूर्वमहारानी कोमल शाह पनि साथमै हुनुहुन्थ्यो।

Skip This