अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पहिरो खसेपछि कान्ति लोकपथ पूर्ण रूपमा बन्द

पहिरो खसेपछि कान्ति लोकपथ पूर्ण रूपमा बन्द


ललितपुर-ललितपुरको बागमती गाउँपालिका-३ काल्चे माल्टामा पहिरो खसेपछि कान्ति लोकपथ पूर्ण रूपमा बन्द भएको छ।

बिहीबार दिउँसो साढे १२ बजेदेखि पहिरोका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय ललितपुरका प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले जानकारी दिए।

उनका अनुसार माल्टा दोबाटोमा पहिरो खसेपछि कान्ति लोकपथको दुवैतर्फको सडक पूर्ण रूपमा बन्द भएको छ। पहिरो निरन्तर झरिरहेकाले तत्काल सडक खुलाउने अवस्था नरहेको प्रहरीले जनाएको छ।

सडक बन्द भएपछि कान्ति लोकपथको दुवैतर्फ सवारीसाधनको लाम लागेको छ। यस्तै, ललितपुरको कोन्ज्योसोम जाने सडकसमेत पहिरोका कारण अवरुद्ध भएको प्रहरीले जनाएको छ।

पहिरो हटाउने तथा सडक खुलाउने प्रयासका लागि अवस्था अनुकूल भएपछि आवश्यक प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।