अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भक्तपुरलाई सुरक्षित बनाउन दैनिक रुपमा गस्ती गरिरहेका छौँ : एसपी प्रजित केसी

भक्तपुरलाई सुरक्षित बनाउन दैनिक रुपमा गस्ती गरिरहेका छौँ : एसपी प्रजित केसी


​​​​​​​भक्तपुर – जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी प्रजित केसीले सुरक्षित भक्तपुरका लागि दैनिक गस्ती टोली खटाइरहेकाे बताउनुभएकाे छ ।  

परिसरले मंगलबार परिसरमा आयोजना गरेको पत्रकार भेटघाटमा भक्तपुरलाई सुरक्षित सहरको रुपमा स्थापित गर्न दैनिक गस्ती टोली खटाएकाे उहाँले बताउनुभयाे ।

परिसरका एसपी केसीले भक्तपुरलाई सुरक्षित स्थानको रुपमा स्थापित गर्न अहोरात्र खटिरहेको बताउनुभयाे । परिणामस्वरु अहिले भक्तपुरमा लुटपाटको घटनामा कमी आएको दाबी गर्नुभयाे । पहिला रातको समयमा बाटोमा हिड्दा मोबाइल, पैसा लुटिने घटना धेरै आउँथे । अब त्यस्ता घटना निकै कम छन् ।’ 

विशेष गरेर रातको समयमा ठाउँठाउँमा गस्ती प्रहरी टोली खटाएको उहाँको भनाइ छ ।  टोलीलाई प्रभावकारी रुपमा काम गराउन टोली प्रमुखले निगरानी गर्ने गरिरहेको उहाँले जनाउनुभयाे । 

कार्यक्रममा परिसरका सूचना अधिकृत राजु पाण्डेले भक्तपुरमा लागुऔषध दुर्व्यसनकर्ता पक्राउको संख्यामा पनि कमी आएको बताउनुभयाे। लागूऔषध प्रयोगकर्ता बस्ने क्षेत्रमा निगरानी गरी त्यहाँं उनीहरूलाई बस्नै नदिएकोले यस्तो घटनामा कमी आएको उहाँले बताउनुभयाे । विशेष गरेर हनुमानघाट, राममन्दिरलगायतका स्थान तथा रातको समयमा अलि सुनसान र अध्यारो हुने सार्वजनिक पाटीमा विशेष निगरानी गरेर त्यस्ता क्षेत्रमा मानिसको जमघट नै नगराइराखएको उहाँले जनाउनुभयाे ।