अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सर्वोच्च बारको अध्यक्षमा हरिशंकर निरौला विजयी

सर्वोच्च बारको अध्यक्षमा हरिशंकर निरौला विजयी


काठमाडौं-सर्वोच्च बार एशोसिएशनको ३४औँ नयाँ कार्यसमिति चयन लागि भएको निर्वाचनमा बृहत् लोकतान्त्रिक समूहबाट अध्यक्षमा वरिष्ठ अधिवक्ता हरिशङ्कर निरौला विजयी हुनुभएको छ ।

निरौलाले दुई सय ८९ मत ल्याएर विजयी हुँदा उहाँका प्रतिस्पिर्धी प्रगतिशीलबाट वरिष्ठ अधिवक्ता तुलसी भट्टले दुई सय ७५ मत प्राप्त गर्नुभयो ।

उपाध्यक्षमा लोकतान्त्रिकका जगदीशप्रसाद पाण्डे, सचिवमा प्रगतिशीलका श्यामकुमार खत्री, सहसचिवमा लोकतान्त्रिकबाट सुजन लोप्चन र कोषाध्यक्षमा प्रगतिशीलबाट कपिलचन्द्र पोखरेल विजयी हुनुभयो । एक महिला सदस्यमा प्रगतिशीलबाट सिर्जना कँडेल विजयी हुनुभयो ।

सदस्यहरूमा लोकतान्त्रिक उत्तमराज पाठक, भीमप्रसाद ढकाल, रुपनारायण श्रेष्ठ, रेशमराज रेग्मी, रामबहादुर राउत, सुमनकुमार केसी विजयी हुनुभएको छ भने प्रगतिशीलबाट प्रभुजी पन्त, अनुपराज उप्रेती र देवी रेग्मी पोखरेल विजयी हुनुभएको छ ।

पाँच पदाधिकारी र १० सदस्य गरी १५ जनाको नयाँ पदाधिकारीका लागि भएको निर्वाचनबाट विजयीको कार्यकाल दुई वर्ष हुनेछ ।