अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

डा. मुकुल ढकाल र निशा डाँगी मंसिर १० गते विवाह गर्दै

डा. मुकुल ढकाल र निशा डाँगी मंसिर १० गते विवाह गर्दै


काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र हालकी सहमहामन्त्री तथा सांसद निशा डाँगी विवाह बन्धनमा बाँधिने भएका छन्।

उनीहरू २०८३ मंसिर १० गते विवाह गर्न लागेका हुन्। लामो समयदेखि प्रेम सम्बन्धमा रहेका ढकाल र डाँगीले आफ्नो सम्बन्धलाई सार्वजनिक गरेका थिएनन्। निकटस्थहरूलाई भने उनीहरूको प्रेम सम्बन्धबारे जानकारी थियो।

दुवैको टीकाटालोसमेत भइसकेको छ। विवाहको तयारीका लागि ढकाल बुधबार काठमाडौंँबाट झापा जाँदैछन्। उनले मंसिर १० गते विराटनगरबाट जन्ती लिएर निशाको घर झापा जाने तयारी गरेका छन्।