अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिरहामा गोली चल्यो

सिरहामा गोली चल्यो


काठमाडौं – सिरहाकाको मिर्चैयामा गोली चलेको छ । मिर्चैया नगरपालिका-३ स्थित सगरमाथा माविमा कक्षा-८ मा अध्ययनरत छात्राको मृत्युपछि अहिले प्रदर्शन भइरहेको छ । प्रदर्शनकारीले ईलाका प्रहरी कार्यालय मिर्चैयामा घेरा हालेपछि ६ राउण्ड हवाई फायर गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका डीएसपी सुवास बुढाथोकीले बताउनु भयो ।

भिड नियन्त्रणमा लिन प्रहरीले ३ राउण्ड ग्याँस सेल पनि प्रहार गरेको छ । प्रदर्शनकारीले ढुंगा प्रहार गर्दा ७ जना प्रहरी घाइते भएका छन् । 

सगरमाथा माविमा अध्ययनरत १५ वर्षीया छात्रा सिर्जनाकुमारी महराको गएराति मृत्यु भएको थियो । पानी माग्दा शिक्षिकाले दिएको स्प्रिट पिएपछि उनको मृत्यु भएको पीडित परिवार र विद्यार्थीहरुको आरोप छ । घटनाबारे अनुसन्धान भइरहेको डीएसपी बुढाथोकीले जानकारी दिनुभयो ।