अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जसपा मधेश प्रदेश संसदीय दलको नेतामा सरोज यादव सर्वसम्मत

जसपा मधेश प्रदेश संसदीय दलको नेतामा सरोज यादव सर्वसम्मत


जनकपुरधाम – जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेश संसदीय दलको नेतामा सरोज यादव चयन हुनुभएको छ।  

जसपा संसदीय दलको नेता चयन गर्नका लागि निर्वाचन तालिका सार्वजनिक गरिए पनि निर्वाचन नहुँदै यादव दलको नेतामा चयन हुनुभएको हो ।

दलको नेताका लागि यादव र मुख्यमन्त्री लालबावु राउतले उम्मेदवारीसम्म दर्ता गराइ सक्नुभएको थियो। दलको नेताका लागि उम्मेदवारी दर्ता गराएका मुख्यमन्त्री राउतले अन्तिम समयमा यादवको नाममा सहमति जनाएपछि उहाँ दलको नेता चयन हुनुभएको हो ।

यादव मधेश प्रदेशका निवर्तमान सभामुख समेत हुन्।