अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कर्णालीमा सभामुखको निर्वाचन १ माघमा हुने

कर्णालीमा सभामुखको निर्वाचन १ माघमा हुने


सुर्खेत – कर्णालीमा सभामुख र उपसभामुखको निर्वाचन माघ १ गते हुने भएको छ।

कर्णाली प्रदेश सभाका जेष्ठ सदस्य विनोदकुमार शाहले माघ १ गते दिउँसो १ बजेका लागि निर्वाचन तोकनुभएको हो।

सोमबार बसेको प्रदेश सभाको बैठकमा शाहले प्रदेश सभा २०७९ को नियमावली ७ बमोजिम निर्वाचन तोकेका हुन्।

शाहले कर्णाली प्रदेश सभाको नियमावली २०७९ को नियम ७ को उपनियम १ बमोजिक सूचना प्रकाशन गर्न प्रदेश सचिव जीवराज बुढाथोकीलाई निर्देशन दिनु भएको थियो ।

ज्येष्ठ सदस्य शाहको निर्देशन बमोजिम प्रदेश सभा सचिव जीवराज बुढाथोकीले सभामुखको निर्वाचन प्रयोजनका लागि निर्वाचन कार्यक्रम प्रकाशन गर्नुभएको हो ।