अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठद्वारा शपथ

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठद्वारा शपथ


काठमाडौं – राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठले पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शपथ ग्रहण गराउनुभएको हो।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले श्रेष्ठलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो।

योजना आयोगमा नियुक्त हुनुभएका उपाध्यक्ष श्रेष्ठले यसअघि एक कार्यकाल बिताइसक्नुभएको छ । श्रेष्ठ पहिलो कार्यकालका योजना आयोगको उपाध्यक्ष हुनुअघि नेपला राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागका कार्याकारी निर्देशक हुनुहुथ्यो ।  

Skip This