अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाल एयरलायन्सका तीन पाइलटलाई कारबाही गर्न निर्देशन

नेपाल एयरलायन्सका तीन पाइलटलाई कारबाही गर्न निर्देशन


काठमाडौं – नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलायन्सका तीन जना पाइलटलाई कारबाही सिफारिस गरेको छ । प्राधिकरणले पाइलटहरू नरबहादुर विश्वकर्मा, राजेश कुश्वाहा र उद्ब घिमिरेलाई कारबाही गर्न सिफारिस गरेको हो ।

गत शुक्रबार हङकङमा जोखिमपूर्ण ल्यान्ण्डिङ गराएको र एयर ट्राफिक कन्ट्रोल (एटीसी) को निर्देशन समेत नमानेको भन्दै प्राधिकरणले नेपाल वायु सेना निगमलाई तीनै जना पाइलटलाई निलम्बनसहित कारबाही गर्न निर्देशन दिएको हो ।

प्राधिकरणका प्रवक्ता जगननाथ निरौलाले नेपाल एयरलायन्सका तीन जना पाइलटलाई कारबाही सिफारिस गरेको पुष्टि गरेका छन् । हङकङको सिभिल एभियसनले नेपाल एयर लायन्सका ती पाइलटहरूले एटीसीको निर्देशन नमानेको जानकारी गराएको प्रवक्ता निरौलाको भनाइ छ ।