अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गृहमन्त्रीको नागरिकता मुद्दा हेर्दा हेर्दैमा…

गृहमन्त्रीको नागरिकता मुद्दा हेर्दा हेर्दैमा…


काठमाडौं – उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादबारे सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुरु भएको सुनुवाइ हेर्दाहेर्दैमा बसेको छ ।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वर खतिवडा, डा. आनन्दामोहन भट्टराई र अनिलकुमार सिन्हाको इजलासमा बुधबार रिट निवेदकहरुले बहस सकेका छन् ।

सुनवाइका क्रममा अधिवक्ता रविराज बर्तौला, वरिष्ठ अधिवक्ता रमन कर्ण, वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी, अधिवक्ता अमृत खरेल र नीतिका ढुंगानाले निवेदकको तर्फबाट बहस गर्नुभयो ।