अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सन्दीप लामिछानेलाई थुनामा राख्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन

सन्दीप लामिछानेलाई थुनामा राख्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन


काठमाडौं – एकजना १७ वर्षीया नाबालिग बलात्कार अभियोगमा मुद्दा खेपिरहेका क्रिकेटर सन्दीप लामिछानेलाई थुनामै राख्न मागसहित सर्वोच्चमा निवेदन परेको छ।

उच्च अदालत पाटनको आदेशमा केन्द्रीय कारागर सुन्धाराबाट रिहा भएका उनलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने मागसहित महान्यायाधिवक्तको कार्यालयले मंगलबार सर्वोच्चमा निवेदन दिएको हो।

गत पुस २८ गते उच्च अदालत पाटनले राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तानसमेत रहेका लामिछानेलाई २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो। उच्च अदालतको आदेशअनुसार सन्दीप पुस २९ मा रिहा भएका थिए। 

महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सन्जीवराज रेग्मीले सन्दीपलाई रिहा गर्ने उच्च अदालतको आदेश उल्ट्याएर थुनामै राख्न मागसहित सर्वोच्चमा निवेदन दिइएको बताएका छन्।