झापा – झापाको कमल गाउँपालिकामा नेकपा एमाले सम्वद्ध जनसांस्कृतिक महासंघको गाउँ कमिटी चयन भएको छ। महासंघका केन्द्रिय सदस्य शिव नेपालको प्रमुख आतिथ्यमा भएको भेलाले डम्बर तामाङ्को अध्यक्षतामा गाउँ कमिटी चयन गरेको हो। कमिटीको उपाध्यक्षमा मैना धिताल र कैलाश थापा मगर, सचिव सोमनाथ खरेल, उपसचिव विजय अधिकारी र कोषाध्यक्षमा कल्पना फुँयाल रहेका छन् ।
यस्तै सदस्यहरुमा सुशिला नेपाली, ज्ञानबहादुर कार्की, कुमारी विक, मेघनाथ बराईली, निशा पाठक, दिनेश मण्डू आचार्य, ख्याम अधिकारी, रामचन्द्र अधिकारी, सुजन तिम्सिना लगायत रहेको एमाले गाउँ कमिटी सचिव हरि ढकालले जानकारी दिनु भएको छ। महासंघ गठन कार्यक्रममा एमाले गाउँ कमिटी ईन्चार्ज नारायणप्रसाद गौतम लगायतका नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया