अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तार (सूचीसहित)

मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तार (सूचीसहित)


काठमाडाैँ – मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले शुक्रवार मन्त्रिपरिषद् विस्तार गर्नुभएकाे छ। मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले १३ सदस्यीय मन्त्रिपरिषद् जिम्मेवारीसहित पुनर्गठन गर्नुभएकाे हाे।

संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मन्त्रिपरिषद् विस्तार हुँदा अझै एक मन्त्रालयमा भने कार्य विभाजन हुन बाँकी छ। मुख्यमन्त्री सरोज यादवले उद्योग, पर्यटन तथा वन मन्त्रालय आफैँलाई लिएर अन्य मन्त्रालयलाई भने पूर्णता दिनुभएकाे हाे । जसअनुसार ९ जना मन्त्री बनेका छन् भने ३ जना राज्यमन्त्री छन् । 

भौतिक पूर्वाधार विकास मन्त्रालयमा अर्का नेता सरोजकुमार यादव नियुक्त हुनुभएकाे छ भने सञ्जयकुमार यादव अर्थमन्त्री बन्नुभएकाे छ । यसैगरी वसन्तकुमार सुशवाहा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बन्दा महेशप्रसाद यादव शिक्षा, विज्ञान प्रविधि तथा वाणिज्यमन्त्री बन्नुभएकाे छ ।  

यसैगरी सुरिताकुमारी साह सामाजिक विकास मन्त्री, सत्रुधनप्रसाद सिंह गृह तथा सञ्चार, सिंगासन सा कलवार खानेपानी तथा ऊर्जा विकास, राजकुमार लेखी कानुन, न्याय तथा प्रदेश मामिला मन्त्री बन्दा मोहम्मद जयद आलम महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री बन्नुभएकाे छ । यस्तै राज्यमन्त्रीहरुमा अबुल कलाम आजाद, केशव राय र संञ्जय कुमार यादव रहनुभएकाे छ । मन्त्रीहरूको आजै प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ दिलाउनुभएकाे छ ।