काठमाडौं- हाल देशमा कुनै उल्लेखनीय मौसम प्रणाली छैन। यतिबेला शनिबार बिहान देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा छ भने तराईमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आजदेखि देशका हिमाली भेगमा हिमपात हुने सम्भावना देखिएको छ।
महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिन अनुसार आज दिउँसो प्रदेश नम्बर १ का पहाडी भेगमा आंशिकदेखि सामान्य बदली तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। यस क्रममा प्रदेश नम्बर १ र गण्डकी प्रदेशका हिमाली भेगका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
आज राति भने कतै हिमपातको सम्भावना छैन। बुलेटिनअनुसार राति लुम्बिनी प्रदेश साथै प्रदेश नम्बर १, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही देशका अन्य स्थानमा मौसम सामान्यतया सफा रहनेछ।




प्रतिक्रिया