अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विमानथलको सुधार चित्त बुझ्दो छैन: मन्त्री किराती

विमानथलको सुधार चित्त बुझ्दो छैन: मन्त्री किराती


काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुधार चित्त बुझ्दो नभएको बताउनुभएको छ ।

शनिबार बिहान विमानस्थलको अनुगमन गर्न पुग्नुभएका मन्त्री किरातीले यस्तो बताउनुभएको हो । उहाँले तुलनात्मक रूपमा विमानस्थलको सुधार हुँदै गएपनि चित्तबुझ्दो रूपमा सुधार हुन नसकेको भन्दै अझै सुधारका कार्यक्रम अघि बढाउन निर्देशन दिनुभयो ।

उहाँले यसअघिको अनुगमनमा निर्देशन गरिएका कुराहरू चित्तबुझ्दो रूपमा कार्यान्वयन नभएको बताउनुभयो । मन्त्री किरातीले आजको अनुगमनमा टर्लिमा ब्रेक नभएको पाइएको भन्दै तत्काल त्यसलाई सुधार गर्न निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, ‘‘तुलनात्मक रूपमा सुधार छ तर चित्तबुझ्दो रूपमा सुधार छैन ।

हिजो निर्देशन गरिएका कुराहरू सम्पूर्ण रूपमा पूरा गर्न र आज देखिएको टर्लिमा ब्रेक छैन, तुरुन्त त्यसलाई सुधार गर्न निर्देशन गरिसकेको छु । बाँकी जतिपनि त्रुटि देखेको छु, सम्बन्धित निकायमा कडाइका साथ अझै निर्देशन गर्नेछु । सुधार गर्नुपर्ने धेरै कुरा छ, म बाँकी निर्देशन गर्नेछु ।’’

मन्त्री किरातीले शनिबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गर्नुभएको थियो । गत माघको पहिलो साता विमानस्थलको अनुगमन गर्दै मन्त्री किरातीले शौचालयहरू सफा राख्न र आगमन तथा प्रस्थान कक्षलाई व्यवस्थित तथा सुरक्षित बनाउन निर्देशन दिनुभएको थियो ।