अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेले दशौं महाधिवेशनको स्मारिका प्रकाशन गर्ने

एमालेले दशौं महाधिवेशनको स्मारिका प्रकाशन गर्ने


काठमाडौं – नेकपा एमालेले पार्टीको दशौं महाधिवेशनको स्मारिका प्रकाशन गर्ने भएको छ।

एमालेको केन्द्रीय प्रचार तथा प्रकाशन विभागले पार्टीको दशौं महाधिवेशनका दस्ताबेज र संग्रहणीय गतिविधि समेटेर स्मारिका प्रकाशन गर्न लागेको हो ।  

एमालेको दशौं राष्ट्रिय महाधिवेशन २०७८ मंसिर १० गतेदेखि १४ गतेसम्म चितवनको सौराहामा सम्पन्न भएको थियो ।

महाधिवेशनका दूरगामी प्रभाव, पार्टीको जीवन र राष्ट्रिय राजनीतिमा लामो समयसम्म अनुभूत भइरहने निचोड महाधिवेशनको मूल व्यवस्थापन समितिले निकालेको छ । 

विभागका सचिव गगन विष्टले स्मारिका प्रकाशनको बाँकी कामलाई सम्पन्न गर्ने, मुखपत्र नवयुग पत्रिकालाई नयाँ तालिका बमोजिम प्रकाशनको तयारी गर्ने र प्रचार भेला गर्ने तयारी भएको बताउनुभयो । उहाँले पत्रिकालाई सैद्धान्तिक पत्रिकाका रूपमा चौमासिक रूपमा प्रकाशन गरिने पनि जानकारी दिनुभयो ।