अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सन्दीप र क्यानविरुद्ध माइतीघरमा प्रदर्शन

सन्दीप र क्यानविरुद्ध माइतीघरमा प्रदर्शन


काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान) र क्रिकेटर सन्दीप लामिछानेविरुद्ध काठमाडौंमा प्रदर्शन भएको छ। लामिछानेलाई राष्ट्रिय टीममा समावेश गरिएको भन्दै विरोधमा प्रदर्शन भएको हो।

उनीहरुले माइतीघरमा सन्दिप र क्यानविरुद्ध विभिन्न नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका हुन् । क्यानले सन्दीप लामिछानेलाई बिहीबार राष्ट्रिय क्रिकेट टिममा समावेश गरेको थियो । आगामी महिना त्रिवि क्रिकेट मैदानमा हुने आईसीसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय श्रंखलाका लागि उनीसँगै २० जनालाई बन्द प्रशिक्षणमा सामेल गराइएको हो ।
यसअघि सन्दीप लामिछाने बाहेक पहिलो चरणको प्रशिक्षणमा क्यानले २८ खेलाडीलाई बोलाएको थियो । बिहीबार ९ खेलाडीलाई बाहिर राख्दै क्यानले सन्दीपलाई पाँच महिना पछि राष्ट्रिय टीममा पुनरागमनको मौका दिएको हो ।

यस अघि उनलाई राष्ट्रिय टिममा फर्काउने या नफर्काउने धेरै प्रश्नहरू उठेका थिए । बलात्कार अभियोगपछि साढे तीन महिना निलम्बनमा परेर फुकुवा भएका पूर्व कप्तान लामिछानेलाई क्यानले बन्द प्रशिक्षणका लागि राष्ट्रिय क्रिकेट टिममा समावेश गरेको हो । यद्यपी लामिछानेविरुद्धको बलात्कार मुद्दा भने जिल्ला अदालत काठमाडौंमै विचाराधीन छ ।